काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र कारका पाटपुर्जामा २५ प्रतिशत (ट्यारिफ) कर लगाउने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुनेछ ।
ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् । उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।
विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन्। उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन्।
अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो। साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन्।
सम्बन्धित खबर
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन