पोखरा । बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री वितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
दीपक जोशी उनका श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो ।
पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि ५०० मिटर उत्तरपूर्व) सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक बरिष्ठ सेफ आर.के.लामाले उद्घाटन गरे ।
कार्यकममा बरिष्ठ सेफ लामाले विषादीयुक्त अशुद्ध खाद्यान्नहरूका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिहेका अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाझ पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।
बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उनले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अर्गानिक फुड बैंकका सञ्चालक दीपक जोशीले आँफूहरूले सिधै किसानबाट समान खरिद गरी उपभोक्तामाझ पुर्याउने लक्ष्य राखिएको बताए ।
“किसानले आँफूले उत्पादन गरेको समाग्रीको उचित मूल्य पाउनुका साथै उपभोक्ताले शुद्ध खाद्यान्न पाउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो”, उनले भने ।
झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामाग्री एकैठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंक परिवारले जनाएको छ ।
फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पुर्याउने लक्ष्य राखिएको छ । उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलाम लगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामाग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भएपनि आगामी एक डेड महिनामा पोखराको चिप्लेढुङ्गा क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।
सञ्चालक जोशीको अध्यक्षता एवम् श्वेता भट्टराईले सञ्चालन गर्नुभएको शुभारम्भ कार्यक्रममा राजेश खरेल, वासुदेव पौडेल लगायतले शुद्ध खाद्यान्न उपभोक्ता माझ पुर्याउने विषय मानवीय स्वास्थ्य रक्षाका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो