३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?

ओली-मोदी भेट

३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?

मोदीले लेखे – भेटघाट फलदायी रह्यो, ओलीले लेखे- वार्ता सार्थक र सकारात्मक रह्यो

Untitled

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि भेट भएको छ । उनीहरूबीच ३५ मिनेट वान टु वान भेट भएको छ ।

भेटपछि प्रधानमन्त्री ओलीले नेपाली र हिन्दी भाषामा तथा मोदीले अंग्रेजी र नेपाली भाषामा भेट फलदायी भएको लेखेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताए ।  सामाजिक सञ्जालमा मोदीले नेपाली भाषामै बैंककमा प्रधानमन्त्री ओलीसँग भएको भेटघाट फलदायी रहेको लेखेका हुन् ।

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन्, ‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौँ।’

ओलीले भने- वार्ता सार्थक र सकारात्मक रह्यो

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताए ।

मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन्। मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यो आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ