पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र वाराही मावि आमनेसामने हुने भएका छन् । बिहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र वाराही माविले त्रिभूवन शान्ती माविलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल शुक्रबार हुने आयोजक पोखरा महानगरापालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र गुरुङले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा भद्रकाली माविले अमरसिंह माविलाई १ रनले पराजित ग¥यो । पानी परेर ५ ओभर घटाएर १० ओभरमा झारिएको खेलमा टस जितेर अमरसिंह माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले निर्धारित १० ओभरमा ५ विकेटको क्षेतीमा ९५ रन बनाएको थियो । भद्रकाली माविका लागि रिया तामाङले २१ बलमा ३३ रन र रिसा तामाङले १६ बलमा १२ रनको योगदान दिए । अमरसिंह माविकी चन्द्रमाया बरालले कसिलो बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर २ विकेट र सुविना गुरुङले २ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।
९६ रनको लक्ष्य पछ्याएको अमरसिंह मावि निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९४ रनमा सिमित भएपछि भद्रकाली मावि १ रनले बिजयी भएको हो । भद्रकाली माविका लागि तीर्था तामाङले ३० बलमा २४ रन र सोफिया गुरुङले २१ बलमा १८ रनको योगदान दिएपनि हार टार्न सकेनन् । भद्रकालीकी रिया तामाङले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिएकी थिईन् ।
पहिलो सेमीफाइनल खेलमा भद्रकालीकी रिया तामाङ प्लेयर अफ दी म्याच घोषित भईन् ।
दोश्रो सेमीफाइनल खेलमा वाराही माविले त्रिभूवन शान्ति माविलाई ६ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय ग¥यो । त्रिभूवन शान्ति माविले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ५ विकेटको क्षेतीमा १०२ रन बनायो । त्रिभूवन शान्ती माविकी अनुस्का नेपालीले २२ बलमा २५ रन र विपासा कार्कीले २० बलमा १४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् । वराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट हत्याईन् ।
१०३ रनको लक्ष्य पाएको वाराही माविले ९.३ ओभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टाउँदै सेमीफाईनल यात्रा सुनिश्चित गरेको हो । वाराही माविकी सफलता भुजेलले २३ बलमा २२ रन र कुसुम बास्तोलाले १७ बलमा १३ रन बनाए । त्रिभूवन शान्ती माविकी खुश्बु यादवले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकिनन् ।
दोश्रो सेमीफाइनल खेलमा सुष्मा पौडेल प्लेयर अफ दी म्याच घोषित भईन् ।
सम्बन्धित खबर
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर