ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश

ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश

UK khel

पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् ।

क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे ।

टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ ।

यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे ।

भिचोक र पुलामुखबीचको अन्तिम क्वाटरफाइनलको खेल शुक्रबार हुनेछ । उक्त खेलको विजेता टोलीले सेमिफाइनलमा घाचोकसँग प्रतिस्पर्धा गर्ने खेल संयोजक अनोद गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबार बेलुकी लाइभ कन्सर्टतर्फ निष्कर्ष ब्याण्डले प्रस्तुती दिएको थियो ।

पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ