पोखरा, २९ चैत
बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषले बागलुङ जिल्लामा शिक्षा ,स्वास्थ्य, खेलकुद र कलासाहित्यको क्षेत्रमा काम गर्ने गरी १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ ।
बाग्लुङमा जन्मेर कतारमा रही विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिको सहयोगमा समाजले यो अभियान सञ्चालन गरेको हो । समाजको ‘बागलुङबासीको चाहना, शान्त समृद्ध स्वदेशको कामना’ भन्ने मूल नाराका साथ बागलुङ सेवा समाज दोहा, कतारको संरक्षणकत्वमा बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष स्थापना गरिएको छ ।
अक्षयकोषमा अहिलेसम्म करिब ४० लाख रुपैयाँ सङ्कलन भइसकेको बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष तदर्थ समितिका संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
‘कोहि पनि बालबालिका सामान्य शैक्षिक सामग्री तथा पोशाकको अभावमा विद्यालय जानबाट वञ्चित हुनु नपरोस् भन्ने ध्येयका साथ यो अभियान सुरु गरेका हौँ ।’ पौडेलले भने – ‘देश तथा बिदेशमा रहँदा विभिन्न व्यक्ति समस्यमा पर्दा समाजबाट सहयोगको अपेक्षा गरिने भएकाले छिटो र छरितो रूपमा सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।’
बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन यही अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँदैछ ।
अधिवेनमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथि रहनेछन् । सोहि अधिवेशनका अवसरमा सांस्कृतिक साँझ पनि हुने कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिए ।
सांस्कृतिक साँझमा नेपालबाट दुई कलाकारहरु रेमश निर्दोष र सिम्रन परियार सहभागी हुने आयोजकले जानकारी दिएको छ । आफ्नै जिल्लाका नवोदित कलाकारहरूलाई प्रवर्द्धन गर्नका लागि कलाकारद्वयलाई कतारमा आमन्त्रण गरिएको आयोजक पक्षको भनाई छ ।
सम्बन्धित खबर
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला