पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् ।
पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा भलाममा शुक्रबार सम्पन्न दौडमा छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी तथा छात्रतर्फ मनिष बिजयी भएका हुन् । चौथो संस्करणको सो प्रतियोगितामा एन्जिलाले २६ मिनेट ४२।२ सेकेण्डको समय लिइन् भने दोस्रो भएकी अमर सिंह माविकी स्वश्तिाका पौडेलले दौड पुरा गर्न ३३ मिनेट ४४।२ सेकेण्डको समय खर्चिन । त्यस्र्तै एसओसकी सारिका थापा तेस्रो, महेन्द्र माविकी रोजिना थापा चौथो र पोखरा युनाइटेडकी अम्विका पोख्रेल पाँचौ भइन् ।
यता छात्रतर्फ पहिलो भएका मनिषले १९ मिनेट ४२।५ सेकेण्डको समय लिए भने १९ मिनेट ५१।३ सेकेण्डको समय खर्चिदै रिलायन्स पब्लिकका प्रेम परियार, १९ मिनेट ५४ सेकेण्डको समय लिएका गौरी शंकरका कुशल खत्री तेस्रो, विभुतीका अशिम सुनार चौथो र प्रगतीका समिर बरुवालले पाँचौ स्थान प्राप्त गरे ।
यस्तै ८ देखि १२ वर्ष उमेर समुह ३ किमि छात्रातर्फ महेन्द्र माविकी प्रमिशा भण्डारी पहिलो, स्नेहा बस्नेत दोस्रो, पोखरा एकेडेमीकी विपशना बस्नेत तेस्रो, निशा केसी चौथो तथा सिम्रन केसीले पाँचौ स्थान हात पारिन् । सोही समुहको छात्रतर्फ पोखरा क्रिकेट एकेडेमीका अदिप जङ्ग कुंवर पहिलो, महेन्द्र माविका विशाल थापा दोस्रो, मेघराजका सहनशिल क्षेत्री तेस्रो, कोपिला चिल्डे«नका सुवास रावत चौथो र सुमन पौडेलले पाँचौ स्थान हात पारे ।
बिजेता भएका खेलाडीहरुलाई पोखरा महानगर पालिका वडा नं २० का अध्यक्ष गंगा बहादुर खत्री, वडा सदस्य रुपा नेपाली, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, मञ्चका सचिव महेश पौडललगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।
सोही कार्यक्रममा हालै जिल्ला खेलकुद विकास समिति कास्कीमा नवनियुक्त अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिव अन्जु केसीलाई मञ्चले स्वागत सहित बधाई दिएको थियो ।
कार्यक्रम मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष गुरूङले पहिलो पटक वडा नं २० भलाममा प्रतियोगिता आयोजना गर्न पाएकोमा वडा कार्यालय एवं सम्पूर्ण स्थानिय संस्थाहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता जनाए ।
सम्बन्धित खबर
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’