पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा वाराही माविलाई १४ रनले पराजित गर्दै भद्रकाली माविले उपाधि जितेको हो । उत्कृष्ट प्रदर्शनका बाबजुद वाराही मावि भने उपबिजेतामा सिमित भएको छ ।
बिजेता र उपबिजेता बनेका दुबै विद्यालयले ट्रफीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विहीबार भएको फाईनल खेलमा भद्रकाली माविले टस जितेर पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो । भद्रकालीका लागि विष्फोटक व्याटिङ गरेकी रिया तामाङले ८० बलको सामना गर्दा १२४ रनको शतकीय पारी खेलेकी थिईन् । त्यस्तै, रिसा तामाङले २४ बलमा २४ रनको योगदान दिएकी थिईन् ।
२२७ रनको विशाल लक्ष्य पछ्याएको वाराही मावि ४ विकेटको नोक्सानीमा २१२ रनमा समेटिएपछि भद्रकाली १४ रनले बिजयी भएको हो । वाराही माविका लागि सुस्मिता श्रेष्ठले ७२ बलमा ६४ रन, सफलता भुजेलले ४७ बलमा २९ रन र मेघा खड्गीले १७ बलमा २६ रन हानेपनि जितका लागि पर्याप्त भएन । वाराहीलाई लक्ष्य भेट्टाउन नदिनका लागि भद्रकालीकी आसु गुरुङले ४ ओभरमा ४० रन खर्चेर २ विकेट हत्याईन् ।
फाइनल खेलको प्लेयर अफ दी म्याच बिजेता टिम भद्रकालीकी रिया तामाङ बनिन् । उनी प्लेयर अफ दी सिरिज र बेष्ट ब्याटरसमेत भईन् । त्यस्तै, वाराही माविकी सुस्मा पौडेल बेष्ट बलर घोषित भईन् । उनीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।
बिजेताहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, म्याच अफिसियल प्रदीप तामाङलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैबीच, पोखरा महानगर क्रिकेट संघले अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिने जनाएको छ । ती ३६ जनालाई ३ वटा टिम बनाएर केहि समयपछि सुपर लिग खेलाईने अध्यक्ष पुनले जानकारी दिए । उक्त सुपर लिगबाट उत्कृष्ट खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम बनाईने उनको भनाई छ । ‘त्यसपछि देशभरका महानगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीलाई एक्सपोजर दिईन्छ’– उनले भने ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो