पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनी जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अभिषेक कार्की २२ रनमा अविजित रहे उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । विशाल पटेल ५ रनमा अविजित रहे । रुपेश सिंहले १७, हरिशंकर शाह ७, विशाल शुस्लिङ १२, अरनिको यादव १४ रनमा आउट भए । ओपनर रोहन विक शुन्यमै पेभेलियन फर्किए ।
कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादबले २–२, कृष्ण कार्किले १ मेडनसहित १ र अरुण ऐरिले १ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १४५ रन बनाउदै अलआउट हुन पुग्यो । कर्णालीका लागि हिमांशु शाहिले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै विपिन शाहिले २४ रन जोडे । १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । राज प्रसाद शाहले १६, अरुण ऐरि १३, कृष्ण कार्की ७, रविन्द्रजंग शाही ४ रनमा आउट भए । सुबास भण्डारी २ र ओपनर अदित्य विक्रम शाह शुन्यमा आउट भए ।
मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक कार्कीले ३ तथा विशाल पटेलले २ विकेट लिए भने प्रदिप पासवानले ४ ओभरमा १ मेडनसहित १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच कर्णालीका हिमांशु शाह घोषित भए ।
मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डीएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै आउट भए । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३१ बलमा ७ चौका, २ छक्का प्रहार गरे ।
आयुव चन्द ३, दिपक रोकाया ३, सन्दिप भण्डारी ५ रनमा आउट भए भने सुनम बुढाथोकी १ रनमा नटआउट रहे । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।
उता लुम्बिनीका लागि रन्जित चौधरी सार्वधिक ३६ रनको अविजित पारी खेले । उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्देश थापा १८, प्रज्वल थापा १०, ओपनर देव खनाल ३, तुलबहादुर थापा १ मोहम्मद हुसेन ४ र अभिषेस गौतम ७ रनमा आउट भए । अजय कुमार चौहान शुन्यमा नटआउट रहे । यो खेल समेत वर्षाका कारण रोकिन पुगेको थियो । हिमाल फे्रन्ड्सका लागि सुशिल रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान २÷२ विकेट लिदाँ दिपक रोकायाले १ विकेट लिएका थिए । प्रतियोगिताको आठौं दिन कर्णाली र हिमाल फ्रेन्ड्स बिच पहिलो तथा मधेश र लुम्बिनीबिच दोस्रो खेल आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो