पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् ।
क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे ।
उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन् । उक्त खेल पनि शनिबार नै सम्पन्न हुने गुरुङले बताए ।
कुल २४ टिमको सहभागिता रहेको पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव निरोज गुरुङले बताए ।
उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।
यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा खेलकुदका गतिविधिसँगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण