प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल बिहान ८ बजे एलिट भलिबल ‘ए’ र पिएन क्याम्पसबिच हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल शान्ता भलिबल र बागलुङ नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।
पुरुषतर्फ भएको खेलमा पिएन क्याम्पस र गलकोटको टोली विजयी भएका छन् । पिएनको टोलीले पोखरा भलिबल टेनिङ सेन्टर र गलकोटले नेवारी खाजा घर टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आइतबार महिलातर्फका दुई खेलपछि पुरुषतर्फका खेल सुरु हुनेछ । पुरुषतर्फको पहिलो खेल पर्वत र बिजी देउराली युथ क्लब, रुपा गाउँपालिकाबिच हुनेछ । त्यसपछि पकुवा पर्वत र स्याङ्जाबिच हुने आयोजकले जनाएको छ । तेस्रो खेल ब्रदरहुड नवलपुर र लाफा गाईज, चौथो एलिट भलिबल एकेडेमी र साजपानी म्याग्दी तथा पाँचौं गुरुङ गाइज र पिएन क्याम्पसबिच हुने तालिका छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सम्बन्धित खबर
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा चुक्दा ललितपुर अपराजित रहँदै एनएसएल च्याम्पियन, ८० लाख पुरस्कार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध