पोखरा । पोखरा महानगरपालिका वडानं १३, आर्वा स्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिबार देखि तेस्रो ‘नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१’ सुरु भएको छ । रतन पाण्डे माबि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिता सोमबार सकिने छ ।
गण्डकी प्रदेश भित्रका १६ वटा युवा समुहले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले नगद ४५ हजार, उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै प्रतियोगितामा उत्कृष्ट प्लियर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सेटरले नगद एक/एक हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
‘युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट बचत भएको रकम आर्वाको दादरामा निर्माणाधिन खेलकुद मैदान निर्माणमा नै खर्च गरिने क्लवका अध्यक्ष मनोज बरालले बताए । उनले यस प्रकारको भलिबल प्रतियोगिताबाट युवाशक्तीलाई खेलकुद प्रति आकर्षण गराउने, समग्र आर्वाको परिचय सहित प्रशिद्ध धार्मिक पर्यटकीय स्थल महाप्रभुधामलाई गन्तब्य को रूपमा चिनाउन सघाउ पुर्याउने जनाए ।
यसैबिच भलिबल प्रतियोगिताको उद्घाटन गदै पोखरामहानगर पालिका वडानं १३ का वडा अध्यक्ष कीरण बरालले नवदुर्गा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक नै वडा कार्यालयले गर्ने जानकारी दिंदै आगामी वर्षहरुमा पनि वडाले निरन्तरता दिंदै जाने प्रतिबद्धता जनाए । उनले सुबिधा सम्पन्न खेलकुद मैदानको अभावका कारण खेलकुद प्रति युवाहरुको आकर्षण नभएको बताउँदै आर्वाका दुई स्थान दादरा र दोबाटोमा खेलकुद मैदान बनाउन सुरू गरिएको जानकारी दिए । गत वर्ष देखि काम सुरू गरिएका यि दुई स्थानका खेलमैदानलाई आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी आफु लागि परेको उनको भनाई थियो ।
नवदुर्गा युवा क्लवका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रतनपाण्डे माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, नवदुर्गा टोल बिकाश संस्थाका अध्यक्ष सूर्यप्रसाद बराल, खेल संयोजक सन्त थापा, क्लबका उपाध्यक्ष रजनी बराल तथा सचिव सुदर्शन बराल लगायतले प्रतियोगिताका बारेमा बिभिन्न भनाईहरु राखिका थिए ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक अमर धितालले आफ्नो नयाँ लोकदोहोरी ‘रैछौं नौजाले’ बोलको गीत प्रस्तुत गर्नुका साथै अन्य गित गएर सांगितिक मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा क्लबले निर्माण गर्दै गरेको दादरा खेलमैदानमा बिभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला