पत्रकार रोशन लामिछानेले लेखेको समाचारविरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङ्जामा परेको उजुरीप्रति प्रेस चौतारी स्याङ्जाले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणि प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उक्त पत्रप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
चौतारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाईन पत्रिकाका सञ्चालक रोशन लामिछानेले उद्योग वाणिज्य संघ स्याङजाले सञ्चालन गरेको ७ औं स्याङजा महोत्सवको गतिविधिको विषयमा लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालयमा कारबाहीको लागि दिएको उजुरी र जिल्ला प्रशासन कार्यालय स्याङजाले जिल्ला प्रहरी कार्यालय स्याङजालाई लेखेको चलानी नम्बर ४३१५ को पत्रमाथि यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य लामिछानेले लेखेको समाचारलाई लिएर संघले समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।
उक्त सामान्य कुराको ख्याल नगर्दै तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीको लागि परिपत्र गरेकी थिइन् ।
यस विषयमा स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सम्पर्क गर्दा सञ्चारमाध्यम तथा पत्रकारले लेखेको समाचारविरुद्धको उजुरी दर्ता गर्ने र कारबाही गर्ने निकाय प्रशासन नभएको बताए । अर्यालले भने, ‘हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, तत्कालीन प्रजिअले कारबाहीका लागि पत्र लेख्नुभएछ, यसबारे बुझ्छौं ।’

सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ