पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल, डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताए ।
१६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गर्ने छन् । ब्वाइज तथा गल्र्स ओपन डबल्स तर्फ बिजेताले नगद १० हजार उप विजेताले ५ हजार सहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गर्ने छन् । १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गर्ने छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख खर्च लाग्ने संघ कास्कीका सचिव भिष्मराज पौडेलले बताए । प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् । पोखरामा खेल पर्यटन प्रवद्र्धन गर्न पनि प्रतियोगिता महत्वपूर्ण सावित भएको उनले बताए ।
प्रतियोगितामा पोखरा सहित काठमाण्डौ, चितवन, बुटवलका खेलाडीहरुले भाग लिने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै संघ कास्कीका सदस्य प्रिति बरालले यो प्रतियोगिताले नवप्रतिभाशालि खेलाडीको प्रतिभा प्रस्फुटनमा मद्धत पुग्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?