पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फर्र्किए । अकिल खान९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए ।
त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो ।
१४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्धतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमीफाइनलमा पुर्याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २/२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १/१ विकेट लिएका थिए ।
अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो ।
यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमिफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
सम्बन्धित खबर
हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार