पोखरा । केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटको फाइनल खेल भोलि ५ गते (शुक्रबार) हुँदैछ । ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो ।
फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।
“भोलि भब्य कार्यक्रमका बीच फाइनल खेल संगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उहाँको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।”
पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए ।
वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करण समेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो ।
बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् ।
त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु