बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा

बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा

1000036369

दोहा कतार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारको दोहा आइपुगेका छन् । बागलुङ सेवा समाजको प्रथम अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन बागलुङ गृहजिल्ला रहेका ढकाल कतार आएका हन् ।

बाग्लुङमा जन्मेर कतारमा रही विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिको सहयोगमा समाजले यो अभियान सञ्चालन गरेको हो । समाजको ‘बागलुङबासीको चाहना, शान्त समृद्ध स्वदेशको कामना’ भन्ने मूल नाराका साथ बागलुङ सेवा समाज दोहा, कतारको संरक्षणकत्वमा बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष स्थापना गरिएको छ ।

ढकाललाई स्वागत गर्नेको लागि समाजका अध्यक्ष निराजन गौतम, सल्लाहकार तथा अक्षयकोष तदर्थ समितिका संयोजक सन्तोष पौडेल लगायतको टोली कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन यही अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँदैछ ।

अक्षयकोषमा ५५ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ