स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला’ जारी छ ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा (३० गते) देखि सञ्चालनमा बिहीबार पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै २ खेल सम्पन्न भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार बिहीबार भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्यो ।
पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्यो ।
यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो । ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्यो।
बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए ।
उनका अनुसार आज (शुक्रबार) पनि पहिलो चरणकै खेल हुनेछ ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसअघि मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी प्रतियोगिता, कुर्ची दौड तथा खुला नृत्य प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, विभिन्न ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।
सम्बन्धित खबर
हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार