पोखरा । पोखरामा जारी चौथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार विभिन्न उमेर समूहमा सेमिफाइनलका खेल सकिएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत यु–१६ गल्र्सको उपाधि अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सो उपाधि आफ्नै नाममा राखेकी हुन् ।
१० वर्षमुनि ब्वाइज सिंगल्समा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए । १० वर्षमुनि गल्र्स सिंगल्समा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम भइन् । ९ वर्षमुनिको ब्वाइज सिङ्गल्समा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० ले पराजित गर्दै प्रथम भए ।
८ वर्षमुनिमा सोनाम घलेले सहर्ष कायस्थलाई १०–१, १०–० ले पराजित गर्दै प्रथम भए । ९ वर्षमुनि गल्र्स सिंगल्समा निम्ती कुँवरले साहरा कायस्थलाई ४–०, ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । १६ वर्षमुनिको ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले साँगे रोकायालाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ब्वाइज डबल्समा दर्शिल श्रेष्ठ र सिर्जल भट्टराईको जोडीले सूर्यांस श्रेष्ठ र सन्दीप विकको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
अर्को सेमिफाइनलमा स्पन्दन उदास र प्रफुल्ल श्रेष्ठको जोडीले सुरेन्द्र विक र दोजन गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । १४ वर्षमुनि गल्र्स सिंगल्समा आर्या पौडेलले एरा खत्रीलाई ६–१, ६–४ ले तथा सारा पन्तले स्वराह थापालाई ६–१, ७–६ ले पराजित गर्दै फाइनल प्रवेश गरे । सोही उमेरमा ब्वाइजतर्फ आसव हाडा र साँगे रोकाया अन्तिम दुईमा पुगे ।
१२ वर्षमुनिको ब्वाइज सिंगल्समा आर्यस राज पौडेलले वेदान्त चालिसेलाई ६–४, ६–२ ले पराजित गर्दै फाइनल प्रवेश गरे । १० वर्षमुनिको ब्वाइज सिंगल्समा सहान्स के. बस्नेतले सबिक पोखरेललाई ७–५, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही उमेर समूहमा गल्र्सतर्फ नायरा घले र ताभिसी राना फाइनलमा प्रवेश गरे ।
नायराले निम्ती कुँवरलाई ६–१, ६–१ ले तथा ताभिसीले श्रीयाश्री पाण्डेलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । प्रतियोगिताका फाइनल खेल शनिबार हुने छन् ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?