पोखरा । पोखरामा जारी चौथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार विभिन्न उमेर समूहमा सेमिफाइनलका खेल सकिएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत यु–१६ गल्र्सको उपाधि अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सो उपाधि आफ्नै नाममा राखेकी हुन् ।
१० वर्षमुनि ब्वाइज सिंगल्समा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए । १० वर्षमुनि गल्र्स सिंगल्समा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम भइन् । ९ वर्षमुनिको ब्वाइज सिङ्गल्समा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० ले पराजित गर्दै प्रथम भए ।
८ वर्षमुनिमा सोनाम घलेले सहर्ष कायस्थलाई १०–१, १०–० ले पराजित गर्दै प्रथम भए । ९ वर्षमुनि गल्र्स सिंगल्समा निम्ती कुँवरले साहरा कायस्थलाई ४–०, ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । १६ वर्षमुनिको ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले साँगे रोकायालाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ब्वाइज डबल्समा दर्शिल श्रेष्ठ र सिर्जल भट्टराईको जोडीले सूर्यांस श्रेष्ठ र सन्दीप विकको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
अर्को सेमिफाइनलमा स्पन्दन उदास र प्रफुल्ल श्रेष्ठको जोडीले सुरेन्द्र विक र दोजन गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । १४ वर्षमुनि गल्र्स सिंगल्समा आर्या पौडेलले एरा खत्रीलाई ६–१, ६–४ ले तथा सारा पन्तले स्वराह थापालाई ६–१, ७–६ ले पराजित गर्दै फाइनल प्रवेश गरे । सोही उमेरमा ब्वाइजतर्फ आसव हाडा र साँगे रोकाया अन्तिम दुईमा पुगे ।
१२ वर्षमुनिको ब्वाइज सिंगल्समा आर्यस राज पौडेलले वेदान्त चालिसेलाई ६–४, ६–२ ले पराजित गर्दै फाइनल प्रवेश गरे । १० वर्षमुनिको ब्वाइज सिंगल्समा सहान्स के. बस्नेतले सबिक पोखरेललाई ७–५, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही उमेर समूहमा गल्र्सतर्फ नायरा घले र ताभिसी राना फाइनलमा प्रवेश गरे ।
नायराले निम्ती कुँवरलाई ६–१, ६–१ ले तथा ताभिसीले श्रीयाश्री पाण्डेलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । प्रतियोगिताका फाइनल खेल शनिबार हुने छन् ।
सम्बन्धित खबर
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य