पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
फुटसल प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । सात वटा टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगाएत बाट पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीतामा काठमाडौ,कास्की पुर्वान्चल, मकवानपुर र रुपन्देहीबाट एक एक टिम र आयोजक टिम चितवन बाट २ टीम गरी जम्मा ७ टीमको सहभागीता रहेको आयोजक समितीका संयोक प्रज्वल पौडेल ले जानकारी दिए । कार्यक्रममा सहभागी सबै टीमलाई धन्यवाद दीदै चितवन जिल्लाले स्वास्थ्यको लागी खेलकुद भनेर आयोजना गरेको यो प्रतियोगीताले इक्यानमा आवद्ध हुनुभएका सम्पुर्ण परामर्श दाताहरुमा एक अर्कामा संवन्ध झन प्रगाड बनाएको बताए । इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कँडेलले संचालन गरेका कार्यक्रको धन्यवाद सहित समापन चितवन जिल्ला अध्यक्ष दिपकचन्द्र भट्टराईले गरेका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला