पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ

अभद्र व्यवहार

पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ

खाना खाए, पैसा तिर्ने बेला डिएसपी हूँ भने

pakrau

पोखरा । पोखरामा आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेको प्रहरीले जनाएको छ ।

पौडेलले आइतबार ७ गते राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोक स्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा खाना खाएपछि आफू डिएसपी भएको भन्दै पैसा नतिरी अभद्र व्यवहार गरेका थिए।

उनलले रेष्टुरेन्टमा अर्डर गरेर खानेकुरा खाएपछि काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ