भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।
जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।
उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए। वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन्।
आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए। सुदीप परिवारका एक्ला छोरा हुन् । आमा–बुबाको सम्बन्ध बिच्छेद भएपछि आमा र बहिनीसँग कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।
बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।
साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए।
सम्बन्धित खबर
बेलायतको थेम्स नदीमा नेपाली विद्यार्थी मृत फेला
किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार