भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।
जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।
उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए। वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन्।
आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए। सुदीप परिवारका एक्ला छोरा हुन् । आमा–बुबाको सम्बन्ध बिच्छेद भएपछि आमा र बहिनीसँग कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।
बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।
साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए।
सम्बन्धित खबर
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
सबै म्यानपावरले जापानमा कामदार पठाउन पाउने
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सम्बन्धमा खटपटपछि जापानी प्रेमिकाले म्याग्दीका बादलको ज्यान लिइन्
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ