पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ।
बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्यालीमा सयौं ट्याक्सीहरू सहभागी भए।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितलादेवी, कुँडहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले पोखरावासीमाझ महायज्ञको सन्देश पुर्याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए “यो र्यालीले पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गरेको छ। हामी सबैको सहयोगले महायज्ञलाई भव्य र सभ्य बनाउनेछौं,” उनले भने ।
र्यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। र्यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए।

मानवसेवा फाउण्डेशनले महायज्ञको तयारीलाई तीव्रता दिँदै थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। बैशाख १३ गते मोटरसाइकल र्याली, १४ गते फेवातालमा डुङ्गा र्याली र १६ गते बृहत् कलशयात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ। यसअघि, बैशाख ११ गते साइकल र्याली सम्पन्न भएको थियो।
र्यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति उत्साह थपिएको फाउण्डेशनले जनाएको छ। सबै पोखरेलीलाई आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई सफल बनाउन फाउण्डेशनले अपिल गरेको छ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’