पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भोलि

स्वास्थ्य शिविर

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भोलि

सहभागीको मधुमेह र पिशाव निःशुल्क परीक्षण गरिने

swasthya shibir

पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वय तथा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन हुने उक्त शिविरको तयारी पूरा भएको प्रा.लि.ले जनाएको छ ।

नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ  डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गर्ने प्रबन्ध मिलाएको प्रालि.का अध्यक्ष दीननाथ बरालले बताए ।

पोखरासहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको उल्लेख गरे ।

डा.भट्टराईको प्रत्यक्ष परामर्शमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त शिविर संचालन हुने भएको असफल गौतमले बताए । शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिशाव निःशुल्क परीक्षणको सुविधा समेत अस्पतालले उपलब्ध गराउने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले बालबालिकामा बाथ र इम्यूनोलोजीको समस्या अन्य उमेर समूहमा भन्दा गम्भिर रुपमा रहने भएकाले समयमै उपचार गर्न सुझाव दिए । उनले समयमै उक्त बिरामीहरुको उपचार नभए शारीरिक रुपमा अंगभंग हुनसक्ने बताए । नेपालमा बाल बाथ र इम्यूनोलोजीका हाल २ हजार ३ सय बिरामी आफ्नो निगरानीमा रहेको उल्लेख जनाए ।

अस्पतालमा स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालबाट ५ देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको पश्चिमाञ्चल डायग्नोष्टिक एण्ड रिसर्च सेन्टरका प्रशासकीय अधिकृत देवेन्द्र धितालले बताए ।

अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । । नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञसँग निःशुल्क सेवा लिन पाउने शिविरमा गण्डकी प्रदेश क्षेत्रका धेरै जना लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । १६ वर्ष भन्दा कम उमेरका धेरै भन्दा धेरै बालबालिकाको सहभागिताका लागि अध्यक्ष पोखरेलले आग्रह गरे ।

समुदाय र सिङ्गो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक गतिविधिसमेत सञ्चालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ