पोखरा । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ वैदेशिक रोजगार शाखा संरक्षण, गण्डकी प्रदेश पोखराको आयोजनामा मैत्रीपूर्ण पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
शनिबार सम्पन्न फाइनल खेलमा पुरुष भलिबल तर्फ टिम युनिटी विजयी बनेको छ । फाइनलमा टिम युनिटीले ब्रदर्श युनाइटेडलाई सोझो सेटमा पराजित गरि उपाधी जितेको हो । विजेताले शिल्ड, मेडल, प्रमाण पत्रका साथमा खसी पुरस्कार पाएको छ ।
महिला भलिबल तर्फ जि एण्ड जि गल्र्स विजयी बनेको छ । फाइनलमा भिडन्तमा युनाइटेड गल्र्सलाई सोझो सेटमै हराएर उपाधी जितेको हो । विजेता टोलीले शिल्ड, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कारका रुपमा पाएका छन् । पुरुष तर्फ उत्कृष्ट खेलाडी देव वहादुर गुरुङ्ग र उत्कृष्ट स्पाइक सन्जेस आले भए । महिला तर्फ उत्कृष्ट खेलाडी मनिशा मगरले प्राप्त गरिन् ।
दोश्रोपटक पोखरा मल्टिपल क्याम्पस शान्तिवनको खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरि व्यवसायीहरूमा भाइचाराको विकास साथै कर्मचारीहरू बिच आत्मियता बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए । संस्थाले वर्षौंदेखि गर्दै आएको खेलकुद कार्यक्रम अन्तर्गत यस वर्ष पनि वैषाख १२ र १३ गते २ दिन आयोजना गरिएको हो ।
यस अघि कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी प्रवेशचन्द उप्रेति व्यवसायीहरु बिच हुने यस्ता खेलकुद कार्यक्रमले आपसी सम्बन्धलाई प्रगाढ बनाउनुका साथै स्वास्थ्यमा पनि फाइदा हुने बताए । कार्यक्रमका अध्यक्ष सुजन श्रेष्ठले व्यवसायीले व्यवसाय मात्रै होइन अन्य सृजनात्मक गतिविधि र सामाजिक उत्तरदायित्वका गतिविधि पनि गनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष रविराज घिमिरेले गरेका थिए भने सन्चालन महासचिव धिराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रतियोगिता संयोजक सागिर अलि, सह संयोजक घनश्याम गौतम (ज्याक) र सह सयोजक सन्तोष पोख्रेल लगायतले बोलेका थिए । संघका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षता कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन