पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१’ यहि वैशाख २६ गते पोखरामा हुँदैछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा हाल अमेरिकाका न्यूयोर्कमा बसोबास गर्ने तीन जना नेपाली समाजसेवीले २ सय ५६ अमेरिकन डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् ।
अवार्डलाई बर्दिया बधैयाताल ८ का पुर्णबहादुर पाइजा मगरले १ सय १ अमेरिकन डलर, बागलुङ तमानखोला ३ का इन्द्रमान बुढा मगरले १ सय डलर र पर्वत फलेवास २ का महेन्द्र थापाले ५५ अमेरिकन डलर सहयोग गरेका मञ्चले जनाएको छ । अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल र अमेरिका न्यूयोर्क निवासी बिर बहादुर घर्तीको पहलमा अमेरिकाबाट सहयोग जुटाइएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी दिए । अवार्डलाई भव्यरुपमा सम्पन्न गर्न विदेशबाट पनि सहयोगको आह्वान अध्यक्ष मगरले गरेका छन् ।
नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था पुरस्कार निट डेन्टल केयर प्रालि र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रायोजन सिटीजन फर्निचरले गर्नेछ । त्यसैगरि भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुमर्याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सले समेत सहयोग घोषणा गरिसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला