बागलुङ । बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ ।
लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
लिफ्टिङमार्फत पानी तानेर गाउँमा ६ हजार र ८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।
बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र जनश्रमदान चार लाख दुई हजार ९६० रुपैयाँ गरी कूल २४ लाख ६० हजार ७०० रुपैयाँको लागतमा एक घर एक धार निर्माण भएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् ।
काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँमा खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घरघरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।
सम्बन्धित खबर
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन ठप्प
उच्च अदालत बागलुङ इजालसको भवन निर्माण सम्पन्न
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते
गलकोटमा लोपोन्मुख हनुमान नाच प्रदर्शन
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
बागलुङको काठेखोलामा चियाको व्यावसायिक उत्पादन सुरु
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)