पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई

chapakot cricket

पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जितेको छ ।

शनिबार स्याङ्जाको चापाकोटस्थित गंगालाल मावि खेलमैदानमा भएको फाइनल खेलमा तिलोत्तमाले चापाकोट नगरपालिका ‘ए’लाई ४४ रनले पराजित गरेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित पन्ध्र ओभरमा आठ विकेट गुमाउँदै एक सय ४४ रन बनाएको थियो ।

तिलोत्तमाको लागि विकल पराजुलीले ४७, सुरज चौधरीले ३५ र विपर्स केसीले २१ रन बनाएका थिए भने चापाकोटका रामचन्द्र ढकालले चार, नारायण भण्डारीले दुई रविन भट्राई र अनिश ताम्राकारले एक/एक विकेट लिएका थिए ।

यस्तै, एक सय ४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको चापाकोट ‘ए’ले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा एक सय रन बनाउँदै उपविजेतामा सिमित बनेको हो ।

चापाकोटको लागि नारायण भण्डारीले ३१, विशाल कोइरालाले १६, रामचन्द्र ढकालले १४ रन बनाएका थिए भने तिलोत्तमाका अमन बोहराले तीन, विपर्स केसी, विकल अधिकारीले दुई/दुई, मुनेश्वर चौधरी र लाल बहादुर मालाले एक/एक विकेट लिएका थिए ।

तिलोत्तमाले उपाधिसहित ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेतामा सिमित चापाकोट ‘ए’ले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । विजेता तथा उपविजेतालाई चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणले पुरस्कार वितरण गरेका थिए ।

वैशाख १६ गतेबाट चापाकोटको गङ्गालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा १३ पालिकाका १८ टिमको सहभागिता रहेको चापाकोट नगर क्रिकेट सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ