पोखरा । गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका अधिकारीको प्रस्तुती रहने भएको हो ।
यहीं वैशाख २६ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा अधिकारीले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्। कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको सांस्कृतिक उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश स्तरीय अवार्ड कार्यक्रममा आकर्षणको रुपमा यसपालि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जन्मिएर नेपाली साङ्गीतिक फाँटमा स्थापित बनेकी अधिकारीलाई स्टेज उतार्न लागिएको हो । निरन्तर रुपमा आफ्नो गृहजिल्लाका दर्शकको माया पाइरहेकी अधिकारीको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ ।
समीक्षाका अलावा अन्य सांस्कृतिक प्रस्तुती समेत कार्यक्रममा हुने भएकोले अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई मञ्चका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक राजु गिरीले आग्रह गरेका छन् ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एमबी आस्थाले बताए ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक-एक थान इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा सहित सम्मान अर्पण गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गरिने अध्यक्ष आस्थाले जनाए। कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको उनले बताए ।
सम्बन्धित खबर
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर