प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग

एमाले गण्डकी

प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग

MixCollage-07-May-2025-07-53-PM-5704

पोखरा । नेकपा एमाले जिल्ला पार्टी कार्यालय पर्वतमा भएको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीले माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने वा पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा आज झडप भएको थिए । झडपमा परी एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल घाइते भएका थिए ।

सोही विषयमा आज प्रेस  विज्ञप्ति जारी गर्दै एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले सांघातिक रुपमा आक्रमण गर्ने जो कोही भएपनि छानविन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन्  ।

समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नगर्न प्रदेश कमिटीले अपिल गरेको छ ।

सम्बन्धित समाचारः

युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds