लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, कालाघिरिङका ५७ वर्षिय नरबहादुर गुरुङ गाउँमाथिको ठूलोढुंगा नजिकै रहेको गाई गोठमा मंगलबार बिहान मृत भेटिए ।
बिहान ६ बजेतिर उनी मृत अवस्थामा भेटिएपछि गाउँमा हल्लाखल्ला भयो । प्रहरीमा सूचना पुग्ने वित्तिकै प्रहरी टोली गोठमा पुग्यो । गोठमा गुरुङको शरीरका विभिन्न भागहरु, टाउको तथा अनुहार समेतको भागमा चोट देखियो । आँखा नजिक काटिएको, घाउहरु लागेर रगताम्य भएको, पेटमा निलडामहरु रहेको र घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ लागेको चिरपट दाउरा, काठको लौरो र बन्चरो समेत फेला फेला पर्यो ।
कसैले कर्तव्य (हत्या) गरेको हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेको प्रहरी अनुसन्धान टोलीले गोप्य रुप्मा बुझ्न थाल्यो । त्यसपछि गाउँलेको शंका र प्रहरीको शंका मिलेपछि प्रहरीले उनै नरबहादुरका जेठो छोरा २३ वर्षिय लुबहादुर गुरुङलाई नियन्त्रणमा लियो ।

सोधपुछका क्रममा अघिल्लो दिन राती मादक पदार्थ सेवन गरेर बुवासंग विवाद भएको र सोही झोकमा चिर्पट दाउरा तथा बन्चरोले प्रहार गर्दा बुवाको मृत्यु भएको उनले स्वीकारे । लुबहादुरले बुवाको शवलाई विस्तारामा सुताई छाडेको समेत स्वीकारेपछि उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
आफ्नै बुवाको हत्यामा संलग्न लुबहादुरविरुद्ध जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दामा बुधबार दिन ७ को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीद्धारा जारी प्रेस रिलिजमा उल्लेख छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु