ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ ।
उनले वासिङ्टन डीसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बंगलादेश प्रतिदिनको रिपोर्टमा उल्लेख छ ।
“प्रमाणपत्र प्राप्त गरेपछि उनले पासपोर्टका लागि पनि आवेदन दिए,” दैनिक बंगलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए ।”
तीमध्ये जोयसहित तीनजना बंगलादेशी मूलका रहेको बताइएको छ । अवामी लिगका नेता एवं पूर्वसूचना राज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बंगलादेशी पासपोर्ट, जुन उनी यात्रा गर्न प्रयोग गर्थे, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो । यस परिस्थितिमा उनले अमेरिकी पासपोर्ट प्राप्त गर्नुपर्यो ।”
“ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन । जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ । हालको अवस्थामा उनले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो,” उनले भने ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएकी थिइन् । हसिना भारत भागेपछि त्यहाँ नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।रासस/एएनआई
सम्बन्धित खबर
इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह
भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित सात जनाको मृत्यु
अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)