अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम

अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम

Messenger_creation_77C43FD2-A947-4F5D-8A98-7F16F8683196

पोखरा । अनेरास्ववियु पोखरा महानगर कमिटीले संगठन स्थापना दिवसको अवसरमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

संगठनको ६१ औं स्थापना दिवसको अवसरमा बिहीबार प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पोखरा युनाइटेडकी मोनिका पौडेल प्रथम र नेसनल इन्भेटिभ सेकेन्डरी बोर्डिङकी शुभेच्छा शाक्य द्वितीय भए । प्रथम र द्वितीयले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार पाए ।

प्रतियोगितामा २१ जना विद्यार्थी सहभागी भएको अनेरास्ववियु महानगर कमिटी अध्यक्ष सागर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले महानगर कमिटी अध्यक्ष जीवन आचार्य, महानगर कमिटी सचिव सुशील बस्नेत, सदस्य विनोद भण्डारी, अनेरास्ववियु केन्द्रीय लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना, केन्द्रीय सदस्य बिनय पराजुली, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी उपाध्यक्ष विश्वदर्शन पराजुली, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्तोष पोखरेल, उपाध्यक्ष कुशल बराललगायत यपस्थित थिए ।

प्रतियोगिता तालबाराही माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ