समाजघर निर्माण गर्न थापा परिवारद्वारा निःशुल्क जग्गा दान

समाजघर निर्माण गर्न थापा परिवारद्वारा निःशुल्क जग्गा दान

help

बागलुङ । यहाँको गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् ।

गलकोट नगरपालिका ७ मूल्म हाल सुनवल नगरपालिका वडा नं १ निवासी समाजसेवी दुर्गा बहादुर र उनकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्ण बहादुर थापा र उनकी धर्मपत्नी थुमा थापाले ५ आना जग्गा सातसय बगाले थापा समाजलाई प्रदान गर्नुभएको संस्थाका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए ।

जग्गा प्राप्ति सँगै अब सामाजिक घर निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक तयारी गरिने अध्यक्ष थापाले बताए । दान गरिएको जग्गाको हालको मूल्य झण्डै ३० लाख रुपैयाँ रहेको छ ।

गलकोट नगरपालिका ७ मल्ममा बगाले थापाहरुको कुलपूजा हुँदा बाहिरबाट आउने बन्धुबान्धव र अन्य समयमा गाउँमा आउने पर्यटक सँगै पाहुनाहरुको सहज आवासको निमित्त समाज घर निर्माणको योजना तय भएको संस्थाका महासचिव थम्मन थापा सन्देशले जानकारी दिए ।

मालपोत कार्यालय बागलुङ मार्फत जग्गादाताले संस्थाको नाममा रजिष्ट्रेशन पास गरि संस्थाका अध्यक्ष छुम बहादुर थापालाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेको सचिव सुवेदार मिन बहादुर थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ