हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने

DCIM100MEDIADJI_0846.JPG

DCIM100MEDIADJI_0846.JPG

हेमजा । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ ।

खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवरले जानकारी दिए । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने समेत कुवरले उल्लेख गरे ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ काकीले जानकारी दिए ।

गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ