लमजुङ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ।
लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका ९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जेठ ५ गते उद्घाटन गरेका हुन्।
नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्।
हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मस्र्याङ्दी गाउँपालिका- ९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सन्चारकर्मीहरुको समेत उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो।
सम्बन्धित खबर
लमजुङको मध्यनेपालमा सार्वजनिक बिदा
लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु
लमजुङ तरुण दलमा खुकुरी प्रहार घटनाः ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चार घाइते
लमजुङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग