पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा यु–१६ गण्डकी प्रदेश छनौंट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ ।
टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकि छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको व्याटिङमा प्लेयर अफ द म्याच समेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे । बाग्लुङका बलरहरु कृष केसीले ३, प्रिन्स सर्मा र रमित कँडेलले समान २ विकेट लिए ।
जितका लागि १ सय ३८ रनको लक्ष्य पछ्याएको बाग्लुङको पारी २१.४ ओभरमा ९९ रनमै समेटियो । बाग्लुङका लागि रमित कँडेलले र आर्या प्रसिद्ध नेपालले समान १७ रन जोडे । कास्कीका बलरहरु अनिस रावतले ३ तथा राज परियार र रिदम पाण्डेले समान २ विकेट लिए ।
यसअघि प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले अफिसियल दिलिप अग्रहरीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा शर्माले गण्डकीमा क्रिकेट खेल गतिशिल खेलकुदका रुपमा देखिएको बताए । संघका गतिविधी उत्कृष्ट रहेको भन्दै आगामी दिनहरुमा पनि क्रिकेट विकासका लागि परिषद्को तर्फबाट सहयोग रहने उनले बताए । आयोजक संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले यो प्रतियोगिता एशिया कप सम्म पुग्ने बाटो भएकाले खेलाडीहरु लगनशिल बनेर मेहेनतका साथ लाग्न आग्रह गरे ।
एक साता सञ्चालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको छ । समुह ‘ए’ मा कास्की, बागलुङ र तनहुँ रहेका छन भने समुह ‘बी’ मा पर्वत, स्याङजा र नवलपुर रहेका छन् । प्रतियोगिताबाट यही जेठ १७ गतेदेखि सुर्खेतमा सुरु हुने राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टोली चयन गरिने आयोजक संघका अध्यक्ष सिग्देलले जानकारी दिए ।
कास्की टोलीलाई कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाको सहयोग

कमलपोखरी बचत तथा ऋण सहकारी संस्था पोखरा १३ ले कास्कीको यु–१६ क्रिकेट टोलीलाई ल्यापटप ब्याग तथा टोपी सहयोग प्रदान गरेको छ । संस्थाले १७ थान झोला र त्यतिनै टोपी सहयोग प्रदान गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा संस्थाका अध्यक्ष माधव आचार्य, सचिव कुमार केसी लगायतले कास्कीका खेलाडी, टिम कोच, मेनेजर तथा अफिसियलहरुलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको क्रिकेट विकासमा आफुहरुको यो सहयोगको शुरुवात गरेको बताए । आगामी दिनहरुमा पनि सहयोग कार्यलाई निरन्तरता प्रदान गर्ने आचार्यको भनाई थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले यस किसिमको सहयोगले खेलाडीहरुको हौसला बुलन्द हुने बताए । संघ कास्कीका सचिव कमल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो