पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

pahiro

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका गाडी ठप्प छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भइरहेको छ ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बाग्लुङको सीधा यातायात विच्छेद भएको छ । बाग्लुङ नगरपालिकाको विभिन्न ठाउँसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बाग्लुङ बजार आउने गाडी चल्न सकेका छैनन् ।

कोरिडोर भएर बुटवल, भैरहवालगायतका ठाउँमा चल्ने सवारीसाधन ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ