हेमजा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको ‘अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२’ सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताए ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न विभिन्न आस्थाका बिच एकता अवयश्कता रहेको बताए ।
शनिबार भएको पहिलो खेलमा वडा न.२५ हेमजा निलोले ९–२ गोल अन्तरले वडा न.२९ लाई पछि पादै विजय सुरुवात गरको छ । दोस्रो खेल वडा न.१५ र १६ बिच भएको थियो जसमा २–० गोल अन्तरले वडा न.१५ ले आगामी यात्रा तय गर्यो । आइतबार पहिलो खेल वडा न.१ र १७ र दोस्रो खेल वडा ८ र ५ बिच हुनेछ ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितीय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु