पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली कास्की र नवलपुर भिड्ने भएका छन् । आइतबार भएको गु्रप ‘बी’ तर्फको अन्तिम खेलमा स्याँग्जासंग पराजित भएपनि नेट रन रेटका आधारमा नवलपुरले फाइनलमा स्थान बनाउँदै कास्कीसंगको भिडन्त तय गरेको हो । समुहमा रहेका तीनवटै समुहले एक एक खेल जित्दै समान २ अंक जोडेपनि रनरेटका आधारमा नवलपुर शिर्षस्थान कायम गर्यो । पर्वत दोश्रो तथा स्याङजा तेश्रो स्थानमा रहयो । कास्कीले यसअघिनै ग्रुप ‘ए’बाट फाइनलमा स्थान सुरक्षित पारिसकेको थियो ।
पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको नवलपुरले निर्धातर ३५ ओभरको खेलमा ३१.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा स्याङजाले २ बल बाँकि छँदा ६ विकेटको नोक्सानीमा विजयी लक्ष्प प्राप्त गर्यो । स्याङजालाई जित दिलाउन प्लेयर अफ द म्याच किरण गैह्रेले महत्वपूर्ण पारी खेले । ब्याटिङतर्फ १७ बलमा २५ रन जोडेका उनले बलिङतर्फ पनि ५ ओभरको आफ्नों स्पेलमा २९ रन खर्चिएर २ विकेट लिए । त्यस्तै स्याँग्जाका ब्याटरहरु भुवन भट्टराईले ३१ त्था आयुष भट्टराईले १६ रनको योगदान दिए ।
नवलपुरको ब्याटिङमा समिर न्यौपानेले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, जितेन्द्र पुनले ३० तथा हिमाल बिकले २३ रनको पारी खेले । स्याँग्जाका बलरहरु प्रकास कँडेलले ३ तथा किरण गैह्रे, आयुष भट्टराई र अभिषेक भट्टराईले समान २ विकेट लिए । तनहुँका शैलेश काफ्लेले ३ विकेट लिएका थिए भने हिमाल विक र सुजन अर्यालले एक एक विकेट बाँडेका थिए । आइतबारको प्रतिस्पर्धामा प्लेयर अफ द म्याच बनेका स्याङजाका किरण गैह्रेलाई आयोजक गण्डकी प्रदेश क्रिकेट संघका उपाध्क्ष प्रकास पौडेलले पुरस्कृत गरेका थिए । प्रतियोगिताको फाइलन खेल सोमबार हुने जनाइएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला