पोखरा । गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यू–१६ ले प्रथम स्थान हाँसिल गरेको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कास्कीमाथि ६ विकेटको जित निकाल्दै नवलपुर गण्डकी प्रदेशकै अब्बल टिम बन्न सफल भयो ।
निर्धारित ३५ ओभरको खेलमा कास्कीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । कास्कीलाई सस्तैमा समेटन नवलपुरका बलर सुसिल भुसालले ७ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए । समिर रोका र सुजन अर्यालले समान २ विकेट आफ्नों नाम गराए । टस जितेको नवलपुरले कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो ।
कास्कीका ओपनर अनिकेत गजुरेलले लामो पारी खेल्दै ७२ बलमा ४९ रन बनाए । उनले ५ चौका प्रहार गरेका थिए । मोहम्मद सिद्धकीले १९ रनको पारी खेल्दै केहीबेर उनलाई साथ दिए । अनिष रावतले १४ रन जोडे । अन्य कुनैपनि ब्याटरले दोहोर आँकडाको योगफल बनाउन सकेनन् ।
१ सय ६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नवलपुर यू–१६ ले २६ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नवलपुरका समिर न्यौपानेले २८ तथा अनिश भट्टाराईले २० रन जोड्दै टोलीलाई जितको बाटोमा पुर्याए । कास्कीका बलरहरू सत्कार चालिसे, रिदम पाण्डे, सोनु यादव र सौरभ सिद्दीकीले समान १–१ विकेट लिए । प्रतियोगितामा तनहुँका सुप्रिम सुनार प्लेयर अफ दि सिरिज बने । नवलपुरका समिर न्यौपाने वेष्ट व्याटर तथा नवलपुरकै शैलेस काफ्ले वेष्ट बलर घोषित भए ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, नेपाल क्रिकेट संघका सदस्य सुदिप सर्मा, विद्यालय खेलकुद महासंघ गण्डकीका अध्यक्ष बिरबहादुर बोगटी, विद्यालय खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्णबहादुर केसी, सदस्य मानबहादुर कुँवर, देवचुली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई लगायतले शिल्ड, प्रदेश खेलकुद परिषद् गण्डकीका पुर्व सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका पुर्व अध्यक्ष देवेन्सन प्रजु लगायतले मेडल पुरस्कार प्रदान गरे । प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह सचिब सुमनराज कार्कीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो