हेमजा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ हेमजा यूनाइटेडको आयोजनामा जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको मङ्गलवार क्वाटर फाइनलका दुई खेल सम्पन्न भएको छ ।
पहिलो खेलमा वडा न. ५ ले आयोजक वडा न.२५ रातोलाई ७–१को गोल अन्तरले पछि पार्दै वाड न. ५ सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न. ५ का जर्सी न. १२ का पङ्कज घिमिरेले ह्याट्रिक गर्दा जर्सी न. ४ का अरुन गुरुङले २ गोल गरे, जर्सी न. १० का अनुप के.सी. र जर्सी न. १३ का प्रकाश पराजुलीले १/१ गोल गरे । वडा न. ५ का जर्सी न. १२ का पङ्कज घिमिरे उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा वडा न. १ ले वडा न. ६ लाई २–० को गोल अन्तरले पछि पार्दै वडा न. १ले सेमिफाइनलको यात्रा शुनिशच्ति गर्यो । जितका लागि वडा १ का जर्सी न. ९ का बासूँ जी.सी र मिलन गुरुङले १/१ गोल गरे । उक्त खेलमा वडा न। १ का जर्सी न। ७ का चन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए ।
बुधवार वडा न १३ र १५ बिचको अन्तिम क्वाटर फाइनल बिहान ठिक १०ः०० बजे हुनेछ । उक्त क्वाटर फाइनलको विजेताले वडा ५ सँग सेमिफाइनल खेलमा सामान गर्नुपर्ने छ । यता वडा न. २५ निलो र वडा न. १ बिच जेष्ठ १५ गते सेमिफाइनलको खेल बिहान ठिक ८ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न. २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला