लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु

लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु

aagalagi

लमजुङ । लमजुङमा एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

सुन्दर बजार नगरपालिका– ९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका– १ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहानै साढे तीन बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई बाहिर निकालेको थियो ।

जलेर गम्भीर घाइते थापाको बेँसीशहरको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ