हेमजा । हेमजा यूनाइटेडको आयोजनामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । बिहीबार भएको वडा न.२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २/२ गोल बाराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न.१ ले वडा नं.२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं. ७ का ईश्वर गुरुङ, जर्सी नंं.१० का मिलन गुरुङ, जर्सी न.२ का अन्तिम गुरुङ, जर्सी न.१६ का असीम र जर्सी न.९ का बासूँ जी.सिले क्रमशः १/१ गोल गरेका थिए । वडा न.१ का जर्सी नं.९ का बासूँ जी.सी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं.१५ ले वडा न.५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै वडा न.१५ले फाइनलको यात्रा शुनिशच्ति गर्यो । जितका लागि वडा १५ का जर्सी न. २३ का इन्द्र थापाले २ गोल गरे साथै जर्सी न।१२ का मिलन गुरुङ र जर्सी न.७७ का सोम गुरुङ, १/१ गोल गरे । उक्त खेलमा वडा न.१५ का जर्सी न.१२ का मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
जेष्ठ १७ गते वडा न. १ र १५ विचको फाइनल खेल दिनको ठिक १:०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए ।
यता युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।
जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न. २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो