पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट नपरेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट भाषणमा मुख्य मुख्य केही योजनालाई समेटेर बजेट सुनाउने गरेको र गण्डकीका लागि पर्याप्त मात्रामा बजेट विनियोजन भएको बताएका हुन् ।
नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखरा क्रिकेट मैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन हुने र ति बाहेक राखेपले रातो किताबमा सात वटै प्रदेशका खेल पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको सुनाए ।
आर्थिक वर्ष २०८२/०८३ मा खेलकुदको बजेट ६ अर्ब ८ करोडको रहेको छ । यो बजेट खेलकुदमा हालसम्मकै उच्च हो । गत वर्ष तीन अर्व ५० करोड बजेट विनियोजन भएको थियो । ‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ नेपाली खेलकुदको इतिहासमा अंकमा बजेट निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शुन्य भन्ने कुरा सत्य होइन । बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, ‘मन्त्रालयको बजेट कति रह्यो र कार्यक्रमका मुल मुल हाइलाइट्स राखेर पुरा बजेटलाई पेश गर्ने कुरा हो । त्यसकारणले सदस्य सचिवको हिसाबले परिषदको बजेटमा गण्डकीका पुर्वाधार परेका छन् भन्न चाहन्छु ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानका लागि बजेट विनियोजन भएको र यस अघि आएको भन्दा तेब्बर बजेट आउने समेत उनले सुनाए ।
२०२७ मा महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपालमा हुने खेलका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नतीको काम चलिरहेको र सोही कामका लागि तेब्बर बजेट विनियोजन हुने सुनाएका हुन् । फुटबल मैदानका लागि हाइमास्ट फ्लड लाइटका लागि नेपाल उड्ययन प्राधिकरणसंग बारम्बार छलफल गरेपनि स्विकृत नपाएको समेत सुनाउँदै त्यसका लागि दोस्रो विकल्पमा आगामी दिनमा जाने सुनाए । यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले यथाशिघ्र उक्त सभाहल प्रदान गर्ने समेत बताए ।
मञ्चलाई हल प्रदान गर्नका लागि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहल गरेका थिए । उनले अध्यक्षमा नियुक्ति भए लगत्तै मञ्चका लागि हल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला