पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधि अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो ।
छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको बाराहीले निर्धारित १८ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाएर १ सय २ रन बनाएको थियो । बाराहीको ब्याटिङमा सबिन बिकले १८ बलमा २१ रन बनाए भने आयुष सुनारले १३ रन जोडेका थिए । अमरसिंहका बलर स्मित कणेलले ३ विकेट लिए ।
जितका लागि १ सय ३ रनको लक्ष्य पछाएको अमरसिंहले ८ विकेटको क्षतिमा जित हासिल गर्न सकेको हो । अमरसिंहका लागि आतिफ मियाले १८, विस्तृत गिरीले १६ रन जोडे । बाराहीको बलिङमा अभिषेक अधिकारी र विवेक विकले समान २ विकेट लिए । फाइनल खेलमा ३ विकेट लिएका बाराहीका स्मित कँडेल प्लेयर अफ द म्याच बने ।
छात्रतर्फको फाइनल खेलमा अमरसिंह मावि ७ विकेटले विजयी भएको हो । अमरसिंहले टस जितेर बलिङ रोजेको थियो । बाराहीले १० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३८ रन मात्रै बनाउँदा हिरा मगरले सर्वाधिक ५ रनको योगदान दिइन् । बाराहीलाई सस्तैमा समेट्न प्लेयर अफ द म्याच बनेकी अमरसिंहकी सोफिया गुरुङले ६ विकेट लिइन् । अमरसिंहले ५.३ ओभरमा मात्रै ३ विकेटको क्षतिमा जित निकालेको थियो । अमरसिंहका लागि चन्द्रमाया बरालले १२ बलमा १९ तथा रक्षा फगामीले ११ रनको पारी खेलिन् । बाराहीका बलर सोनीमा मगरले २ विकेट लिएकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ बाराहीका अभिषेक अधिकारी सर्वोत्कृष्ट खेलाडी सहित सर्वोत्कृष्ट बलर भए । सम्राट अधिकारी बेस्ट ब्याटर भए । छात्रातर्फ सोनिमा मगरले सर्वोत्कृष्ट खेलाडीको उपाधि हासिल गरिन् । श्रद्धा गुरुङ बेस्ट ब्याटर तथा सोफिया गुरुङ बेस्ट बलर घोषित भइन् ।
प्रतियोगिताको विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु ५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । विजयी खेलाडीहरूलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष संजयकान्त सिग्देल, पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष वीरेन्द्र पुन, प्रतियोगिताको मुख्य सहयोगी किडासाका प्रतिनिधिहरू बसन्तराज पराजुली रमेश बास्तोला र सविन उदास, प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य ऋषिराम गौतम लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता आयोजक समितिका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा सम्पन्न समारोह क्रिकेट खेलाडी समेत रहेका सन्देश साही ठकुरीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला