पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत मंगलबारको खेलमा अमरसिंह मावि र रत्न ज्योति सेकेण्डरी स्कुल बिजयी भएका छन् ।
पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा अमरसिंह माविले न्यूलाईट सेकेण्डरी र रत्न ज्योतिले एसओएस हर्मन माईनर सेकेण्डरी स्कुललाई पराजित गर्दै पहिलो जित हात पारेका हुन् ।
मंगलबारको पहिलो खेलमा अमरसिंह माविले न्यूलाईटलाई ११८ रनको फराकिलो अन्तरले पराजित गर्यो । न्यूलाईटले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको अमरसिहं माविले २० ओभरमा सबै विकेट गुमाएर २०५ रनको विशाल योगफल तयार गर्यो । अमरसिंहका लागि आस्रय रिमालले २७ बलमा ३९ रन, सत्कार चालिसेले ३० बलमा ३८ रन तथा सुलभ सुवेदीले १७ बलमा २६ रनको योगदान दिए । न्यूलाईटका एमडी आसिफले ४ ओभरमा १८ रन तथा प्रतीक भुषालले ४ ओभरमा ३३ रन खर्चेर समान २/२ विकेट लिए ।
२०६ रनको विशाल लक्ष्य पछ्याएको न्यूलाईट निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनमा सिमित बनेको थियो । न्यूलाईटका लागि एमडी आसिफले २७ बलमा २६ रन तथा कात्तिक पौडेलले २९ बलमा १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यूलाईटलाई न्यून रनमा सिमित गर्न अमरसिंहका स्मिथ कँडेलले ३ ओभरमा ६ रन तथा सुलभ सुवेदीले ४ ओभरमा १७ रन खर्चेर समान २/२ विकेट लिन सफल भए ।
सो खेलमा अमरसिंह मविका सुलभ सुवेदी प्लेयर अफ दी म्याच घोषित भए ।
मंगलबारकै दोश्रो खेलमा रत्न ज्योति सेकेण्डरी स्कुलले एसओएस हर्मन माईनर सेकेण्डरी स्कुललाई २ विकेटले पराजित गर्यो । रत्न ज्योतिले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको एसओएसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२६ रनको मध्यम योगफल तयार गर्यो । एसओएसका लागि विराज सापकोटाले ५५ बलमा ५६ रन तथा रसेल सुवेदीले ४५ बलमा १९ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एसओएसलाई मध्यम स्कोरमा रोक्ने क्रममा रत्न ज्योतिका अभिषेक पौडेलले ४ ओभरमा १४ रन तथा सुशान्त पोखरेलले ४ ओभरमा २२ रन खर्चेर समान १/१ विकेट लिए ।
१२७ रनको मध्यम लक्ष्य पछ्याएको रत्न ज्योतिले १५.४ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको हो । रत्न ज्योतिका लागि अरुण घिमिरेले ३० बलमा २६ रन तथा प्रतीक सुवेदीले ८ बलमा १९ रनको योगदान दिए । एसओएसका निकोल्सन पराजुलीले २ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट तथा अनन्त आचार्यले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट हत्याए ।
सो खेलमा रत्न ज्योतिका अरुण घिमिरे प्लेयर अफ म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार जुनियर सिटिजन एकेडेमीबिरुद्ध प्रतिभा मावि तथा डायमण्ड एकेडेमीबिरुद्ध एसओएस प्रतिष्पर्धामा उत्रिने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो