लायन्स अन्तर्राष्ट्रिय ३२५ एम नेपालको चौथो क्याविनेट बैठक चीनको छेन्दुमा आयोजना गरिएको छ ।
डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालको अध्यक्षतामा भएको बैठकमा १५४ जना सहभागी थिए । काठमाडौं एयरपोर्टबाट २७ जना र पोखरा एयरपोर्टबाट १२७ जना गरी १५४ जना चीन पुगेका थिए ।
लायन्स सदस्यहरुबीच थप प्रगाढ भाइचाराको अभिवृद्धि गर्दै नेपाल र चीन बीचको पर्यटकीय सम्भावनालाई थप बढावा दिन र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट र सिचुवान अन्तर्राष्ट्रिय एयरपोर्टबीच उडानलाई थप मजबुद गराउँदै छेन्दु र चीनको राजधानी बेइजिङ समेतको ८ दिनको भ्रमण तय गरिएको थियो । सोहि क्रममा बैठक बसेको हो ।
बैठकमा क्याबिनेट सेक्रेटरी तथा ट्रेजररको प्रतिवेदन लगायत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय अध्यक्षबाट प्रदान गरिने सबैभन्दा उत्कृष्ट पुरस्कार अन्तर्राष्ट्रियस्तरको प्रेसिडेन्सियल मेडलबाट क्याविनेट सेक्रेटरी शिवराज आचार्य र लिडरशिप मेडलबाट क्याविनेट ट्रेजरर शम्भुराज बाँस्तोला सम्मानित भएका थिए । साथै, कार्यक्रममा बिशेष योगदान पु¥याउने लायन लिडरहरुलाई विभिन्न सम्मानको कार्यक्रम गरिएको थियो ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष प्रेम बहादुर क्षेत्री, लायन्स क्लव अफ पाण्डा सिचुवानका अध्यक्ष गुन लु यु, नेरेसो कास्कीका निवर्तमान अध्यक्ष डण्डराज पौडेल, सिचुवान पावर कम्पनीका जिएम भिभिली, महावाणिज्यदुत सुरेश राउत, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले सिचुवान शहरमा गरिएको यस प्रकारको फेलोसिप सहितको चौथो क्याविनेट बैैठकले चीन र नेपाल बीच लायन्स क्लबका माध्यामबाट दुवै पक्षलाई उल्लेख्य टेवा पुगेको भन्दै आयोजक डिष्ट्रिक्टलाई प्रशंसा गरेका थिए ।
कार्यक्रममा स्वागत डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल र धन्यवाद ज्ञापन डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनिराम बरालले गरेका थिए ।
इरान र भारत लगायतका बिशेष टिमहरुका साथ नेपालका डिभिजन ए क्लवहरु समेत अन्तर्राष्ट्रियस्तरको आमन्त्रित लायन्स कप भलिवल खेलको आयोजनाको लगत्तै यस प्रकारको अन्तर्राष्ट्रिय भ्रमण सहितको चौथो क्याविनेट बैठकले ३२५ एम नेपाल मात्र नभई सिंगो लायन्स अन्तर्राष्ट्रियको बिशेष व्राण्डिङ भएको आयोजकको विश्वास छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’