पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् ।
समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
१९ ओभरमा घटाइएको बुधबारको खेलमा प्रतिभाले टस जितेर बलिङ रोजेको थियो । पहिलो व्याटिङमा उत्रिएको जुनियर सिटिजन एकेडेकीले निर्धारित १९ ओभरमा ६ विकेटको क्षेतीमा १४३ रनको योगफल तयार गरेको थियो । उसका लागि सौरभ शर्माले ४३ रन तथा दीपेन सुवेदीले ३८ रनको योगदान दिए । जुनियर सिटिजनलाई कम स्कोरमा रोक्न प्रतिभाका दिक्षान्त अर्यालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए ।
१४४ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले ११.३ ओभरमा १ विकेटको क्षेतीमा सहजै लक्ष्य भेट्टायो । प्रतिभाका सफल श्रेष्ठले ९१ रन तथा साबुद्दिन अन्सारीले १९ रनको योगदान दिए ।
९१ रनको योगदान दिएका प्रतिभा माविका सफल श्रेष्ठ बुधबारको खेलमा प्लेयर अफ दी म्याच घोषित भए । समूह बी अन्तर्गत बुधबार भएको अर्को खेलमा एसओएस हर्मनमाईनर सेकेण्डरी स्कुलले डायमण्ड एकेडेमीलाई ३ रनको झिनो अन्तरले पराजित गर्यो । डायमण्डले टस जितेर बलिङ रोजेपछि एसओएसले १९.१ ओभरमासबै विकेट गुमाएर १३३ रनको योगफल तयार गर्यो । डायमण्डका लागि सचेत सुवेदीले २४ रन तथा आनन्द आचार्यले २२ रनको योगदान दिए । एसओएसलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा डायमण्डका सुमन विकले ३ विकेट तथा असीम पौडेलले २ विकेट हत्याए ।
१३४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको डायमण्ड निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १३० रनमा सिमित भएपछि समूह चरणबाटै बाहिरिनु पर्यो । डायमण्डका अविरल क्षेत्रीले २६ रन तथा जेनिस आलेले २३ रनको योगदान दिए । डामण्डलाई सस्तैमा समेट्ने क्रममा एसओएसका बिराज सापकोटाले २ विकेट हत्याए । उनी बुधबारको खेलमा प्लेयर अफ दी म्याच घोषित भए ।
समूह बी मा रहेका रत्न ज्योति, एसओएस र डायमण्डले समान एक/एक खेल जितेपछि रनरेटको आधारमा रत्न ज्योति सेमीफाइनलमा पुगेको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । रत्न ज्योतिको प्लस ०.८५५ रनरेट रहेको तथा डायमण्ड र एसओएसको माईनस रनरेट भएकाले रत्न ज्योति सेमीफाइनलमा पुगेको उनले बताए ।
बुधबारको खेलमा प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका ब्राञ्च म्यानेजर सलिम दिवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतम प्रतियोगिता स्थलमा गएर खेलाडीलाई हौसला प्रदान गरेका थिए । उनीहरुले मैदानमा आवश्यक पूर्वाधार निर्माणमा सघाउनेपनि प्रतिबद्धता जनाए ।
प्रतियोगिता अन्तर्गत विहीबार न्यूलाइट सेकेण्डरीबिरुद्ध सिर्जना मावि तथा वाराही माविबिरुद्ध त्रिवेणी पव्लिक स्कुल प्रतिष्पर्धामा उत्रिने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो